काठमाडौँ– लगातार बढ्दै आएको सुनको मूल्य मंगलबार पनि बढेको छ । छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलामा पनि सात सय रुपैयाँले बढेर ९७ हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाामा कारोबार भइरहेको छ ।


