स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को अध्यक्षमा उद्यमी कृष्ण आचार्य चयन भएका छन् । प्यानल बनाएर चुनाब गर्ने तयारी भएकोमा अन्तमा कठिन अवस्था देखाउँदै सहमतिमा अध्यक्ष चुनिएको हो । अध्यक्ष सहित इपानमा सहमतिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
इपानको ३ वटा उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की, मोहन डांगी चुनिएका छन् । यस्तै, महासचिवमा गोरे शेर्पा तथा सचिवमा भरत खत्री, बलराम खतिवडा, राम आचार्यलाई चयन भएका छन । त्यस्तै, कोषाध्यक्षको जिम्मेवारी आनन्द चौधरीले पाएका हुन् ।
कार्यसमिति सदस्यमा भरत खड्का, प्रकाश दुलाल, उत्तम ब्लोन लामा र भरत लामिछाने चुनिएका छन् । महिला सदस्यमा अविज्ञा मल्ल र कविता कंडेललाई चयन भएका हुन् ।


