Banijya News

मेडिकल सामग्री खरिदमा अनियमितताको आरोप लागेको ओम्नी समूह कालोसूचीमा

1
1.0K Shares

सम्झौता बमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेको कम्पनी ओबीसीआई प्रालि (ओम्नी) कालोसूचीमा परेको छ ।
ओबीसीआई प्रालिलाई स्वास्थ्य सेवा विभागको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागले गत चैतमा ठेक्का सम्झौता रद्द गरी ओम्नीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
विभागले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यो कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सफारिसको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले हिजो, २८ भदौदेखि लागू हुनेगरी १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो ।
ओम्नी समूहलाई स्वास्थ्यसेवा विभागले गत चैंतमा करीब रु. एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको थियो । मेडिकल सामग्री खरिदमा करोडौं रूपैयाँ अनियमितता गर्न खोजेको आरोप लागेपछि विभागले ठेक्का खारेज गरेर ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।
कालोसूचीमा परेपछि यो कम्पनीले अब एक वर्ष सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउँदैन । ललितपुर कृष्णगल्ली कार्यालय भएको र तुलहरी सिंह प्रमुख व्यक्ति हुन् ।

1

Scroll to Top