Banijya News

सनराइज् बैंकको ग्रिनपिन सेवा

1
1.1K Shares

सन्राइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन सेवा सुरु गरेको छ ।

यस सेवाको सुरु सँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सन्राइज बैंककोे एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिनपिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबइलमै पिन जाने हुदाँ यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बैकको बिश्वास छ ।

साथै, कागजिपिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सन्राइज बैंकका कुनै पनि शाखा मार्फत निबेदन दिए पश्चात तत्कालै कागज बिहिन ग्रिन पिन सेवा प्राप्त गर्न सक्नेछन् ।

1

Scroll to Top