Banijya News

वर्ल्डलिंकद्वारा १० हजार स्थानमा निःशुल्क वाइफाइ

1
1.0K Shares

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्प्युनिकेसन्स लिमिटेडले देशका विभिन्न दश हजार स्थानमा निःशुल्क वाइफाइ सेवा विस्तार गराइरहेको जनाएको छ । यसबाहेक मानव सेवा आश्रमका २० वटा कार्यालयमा समेत कम्पनीले निःशुल्क इन्टरनेट दिँदै आएको छ ।

सन् १९९५ मा इमेल सेवासँगै सुरु भएको वर्ल्डलिंकको यात्राले मंगलबार २५औँ वसन्त पार गरेको   र २५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

अहिले एफटीटीएच प्रविधिसहित वर्ल्डलिंकको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ । कम्पनीले ३५ सयभन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको छ । कम्पनी अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ ।

वर्ल्डलिंक नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनी हो । विसं २०५२ मा स्थापना भएको मुलुककै पुरानो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकका अहिले दुई लाख ८० हजार सेवाग्राही रहेका छन्।

1

Scroll to Top