काठमाडौं । सिभिल बैंकले मर्जरको लागि हिमालयन बैंकलाई कुनै पनि पत्र नपठाएको जनाएको छ । नेप्सेले हिमालयन बैंकसँग मर्जर गर्ने चर्चा गरेर सिभिल बैंकले सेयर मूल्य बढाएको बजारमा सूचना चुहिएपछि सोधेको स्पष्टिकरणको यस्तो जवाफ दिएको हो ।
बैंकले राष्ट्र बैंकले तोकेको मर्जर नीति अनुरुप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरुको खोजी गर्ने क्रममा विभिन्न बैंकसँग अनौपचारिक रुपमा छलफल गरेको तर कुनै पनि सस्थासित आधिकारिक निर्णय नगरेको जनाएको हो ।
बैकले पत्रमा अहिलेसम्म बैंकको सञ्चालक समितिबाट कुनै पनि औपचारिक निर्णय नभएको र बैंकले सेयर मूल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको उल्लेख गरेको छ । बैंकले नेप्सेलाई पठाएको जवाफमा सिभिल बैंकले हिमालयन बैंकले प्राप्ती गर्ने विषयको समाचार बाहिर आएपनि त्यस्तो कुनैपनि निर्णय नभएको जनाएको हो ।


