०७ असोज, काठमाण्डौ ।
स्याङयोङ कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता आईएमएस मोटर्सले सवारी ग्राहक लक्षित चाडपर्व योजना ल्याएको छ । स्याङयोङकोे नेपालका लागि आधिकारिक विक्रेता आईएमएस मोटर्सले ‘स्याङयोङ सुपर डिस्काउन्ट’ अफर सार्वजनिक गरेको हो ।
अफरमा ग्राहकले कोरियन लग्जरी एसयूभी एक्सएलभी खरिदमा ३ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् भने आफ्ना पुराना सवारीलाई टिभोली वा एक्स्एलभीसँग एक्सचेन्ज गर्दा २ लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्नसक्नेछन् ।
त्यस्तै, कम्पनीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा लड्ने डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी तथा सुरक्षाकर्मीले स्याङयोङ गाडी किन्दा थप १ लाख रुपैयाँ छुट दिने बताएको छ । स्याङयोङ सवारी खरिदमा एक वर्ष निःशुल्क बिमा, २५ हजार बराबरको निःशुल्क एसेसोरिज, ७ वर्ष सजिलो फायनान्स, तीन वर्ष वारेन्टी, निःशूल्क सर्भिसिङ (४ पटक वा रिफरल ग्राहकका लागि १ वर्ष सम्म) पाइन्छ ।
यो अफर असोज ७ गतेदेखि असोज २० गतेसम्म मात्र हुने कम्पनीले जनाएको छ ।


