निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।
यो अफरअनुसार ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्छन्। साथै ९ महिना सम्मको इएमआइ कम्पनीले तिरीदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै ३५ हजार ९ सय ९९ रुपैंया बराबरको मोबाइल पाउँनेछन्।
यो योजनाअन्तर्गत ग्राहकले हरेक निसान गाडी किन्दा ५० हजारसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षसम्मको फाइनान्सिङ, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालू आर्थिक वर्षको सडक कर र स्पट एक्स्चेन्जको सुविधा पनि लिन सक्नेछन्।


