१३ असोज, काठमाण्डौ
सोमबार स्थिर रहेको सुनको मूल्य आज मंगलबार फेरी बढेको छ । हिजो सोमबार सुन तोलामा ९३ हजार ३ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ९ सयले बढ्दै सुनको मूल्य प्रतितोला ९४ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीे प्रतितोला ११७५मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


