Banijya News

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह

1
1.1K Shares

सर्लाही– सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ।

ईश्वरपुर नगरपालिका ७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन्।

सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी १७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो।

‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुःखद् भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताइन्।

ती बालिकाको घरको परिवारिक आर्थिक अवस्था नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेका बताइएको छ। बालिकाले विवाह भन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिइन्। – रासस

1

Scroll to Top