Banijya News

प्रतिस्पर्धाविना नै १२ अर्बको ठेक्का

1
1.0K Shares

काठमाडौं । नेपाली सेनाले अन्ततः काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत फेज–टु खण्डमा आर्थिक प्रतिस्पर्धाविना नै करिब १२ अर्बको ठेक्का लगाउने भएको छ । प्रतिस्पर्धाको विकल्प बन्द भएकाले राज्यलाई ठूलो आर्थिक क्षति भएको छ ।

टेन्डरमा सहभागी हुन सेनाले यसअघि नै फेज– वानका लागि दुई र फेज– टुका लागि एक कम्पनी छनोट गरिसकेको छ । फेज– वानमा दुईवटा कम्पनीबीच दरभाउमा प्रतिस्पर्धा हुनेछ भने फेज– टुमा एउटा मात्रै कम्पनी छनोट भएकाले आर्थिक प्रतिस्पर्धा नै हुनेछैन ।

फास्ट ट्रयाकको ७२.५ किलोमिटरअन्तर्गत करिब एक खर्ब ७५ अर्ब खर्च हुने अनुमान छ । सुरुङ र जटिल प्रकृतिका पुल बनाउने कामलाई सेनाले दुई भागमा विभाजन गरेको छ । फेज– वानका लागि २३ अर्ब ४० करोड र फेज– टुका लागि ११ अर्ब ७० करोड लागत अनुमान छ । दुवै फेजमा सुरुङ र जटिल प्रकारका पुल बनाउने काम छ । फेज– वानका लागि २१ र फेज– टुका लागि २२ अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

सेनाले टेन्डर आह्वान गर्न सम्पूर्ण विवरण सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)मा पठाइसकेको छ । त्यहाँबाट स्वीकृत हुनासाथ टेन्डर आह्वान गरिनेछ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले हप्ता दिनभित्रै फास्ट ट्र्याकअन्तर्गत सुरुङ र पुल निर्माणको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुने बताए । नयाँपत्रिका दैनिकमा खबर छ ।

1

Scroll to Top