Banijya News

घाइते महिलालाई चालकले जिउँदै पुरे, जलाइयो डोजर

1
1.0K Shares

धादिङः डोजरको ठक्करबाट त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटार खोल्सी नजिकै एक स्थानीय ४५ वर्षीया महिला सरस्वती कुमालको मृत्यु भएको छ । सडक निर्माणका क्रममा निस्किएको माटो फाल्दै गरेको डोजरले घाँस काटेर फर्किँदै गरेकी सरस्वतीलाई ठक्कर दिएको थियो । डोजरको ठक्करबाट ढलेकी उनको शव माटोमा पुरिएको अवस्थामा भेटिएको थियो ।


घटनास्थलमा रहेका स्थानीयका अनुसार डोजरको ठक्करपछि घाइते भएकी उनलाई उठ्न नभ्याउँदै डोजरले माटो हालेर पुरेको आरोप लगाएका छन् । ठक्करबाट घाइते भएकी महिलालाई डोजर चालकले उद्धार गर्नुको साटो माटोले पुरेको हत्या गरेको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरेका छन् । डोजरको ठक्करबाट घाइते महिलालाई चालकले खाडल खनेर खनी पुर्न लागेपछि स्थानीयहरुले आगजनी गरेका बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अरुण कुशवाहले डोजर चालक र ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए । आक्रोशित स्थानीयले घटनास्थलमा नाराबाजी गरि क्षतिपुर्तिको माग गरेका थिए । डोजर चालक र सडक निर्माण कम्पनीका ठेकेदारलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top