भारतीय चिर्चित राजनीतिज्ञ जयललिताको भूमिका खेलेकी नायिका कंगना रनोटको नयाँ लुक्स सार्वजनिक भएको छ ।
रनोटको जन्मदिनको अवसरमा उनी अभिनित चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक गर्ने क्रममा उनको नयाँ रुप बाहिर आएको हो ।
यो चलचित्रमा जयललिता देखिनका लागि कंगनाले आफ्नो २० केजी तौल बढाएकी थिइन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा जयललिता देखिनका लागि कंगनाले २० केजी तौल समेत बढाएकी हुन् । यसपछि, फेरि उनले तौल घटाएकी पनि थिइन् । यतिखेर उनको तौल बढेको फोटाहरु बाहिरीएका छन् । फोटोमा उनी निकै आकर्षक देखिएकी छिन् । नेशनल फिल्म अवार्ड विजेता ड्रेस डिजाइनर नीता लुल्लाले कंगनाको लागि पहिरन पनि तयार पारेकी थिइन् ।


