Banijya News

गुरु ट्राभल्सको ऐतिहासिक उपलब्धि : लगातार दोस्रो पटक Travellers’ Choice Award

1
1.1K Shares

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी Guru Travels Limited ले पुनः प्रतिष्ठित Tripadvisor Travellers’ Choice Award 2026 प्राप्त गरेको छ। यो सम्मानसँगै गुरु ट्राभल्स लगातार दोस्रो वर्ष विश्वका शीर्ष १० प्रतिशत उत्कृष्ट ट्राभल कम्पनीहरूमध्येमा पर्न सफल भएको छ। यसअघि कम्पनीले सन् २०२५ मा पनि यही पुरस्कार प्राप्त गरेको थियो। लगातार दुई वर्षसम्म अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु गुरु ट्राभल्सका लागि मात्र होइन, नेपाली पर्यटन क्षेत्रकै लागि गर्वको विषय बनेको छ।

Tripadvisor ले विश्वभरका यात्रुहरूको समीक्षा, अनुभव र सन्तुष्टिका आधारमा हरेक वर्ष उत्कृष्ट ट्राभल कम्पनीहरूलाई यो पुरस्कार प्रदान गर्ने गर्दछ। राम्रो सेवा, विश्वासिलो व्यवस्थापन र यात्रुहरूको सकारात्मक अनुभवका कारण गुरु ट्राभल्सले यो सफलता हासिल गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत  नवराज धरेलज्यू ले भन्नुभयो:“हाम्रा ग्राहकहरूको विश्वास र हाम्रो टिमको मेहनतकै कारण हामीले पुनः यो सम्मान प्राप्त गरेका हौं। यसले हामीलाई अझ राम्रो सेवा दिन र नेपालको पर्यटनलाई विश्वसामु चिनाउन थप प्रेरणा दिएको छ।”

गुरु ट्राभल्सले नेपालभित्र तथा विदेशका विभिन्न टुर प्याकेज, हवाई टिकटिङ, होटल बुकिङ, भिसा सेवा, ध्यान तथा आरोग्य पर्यटन, धार्मिक भ्रमण, कर्पोरेट टुर तथा MICE सेवा प्रदान गर्दै आएको छ। आधुनिक प्रविधि र गुणस्तरीय सेवाका कारण कम्पनीले छोटो समयमै यात्रुहरूको विश्वास जित्न सफल भएको छ। यो सम्मानले गुरु ट्राभल्सको अन्तर्राष्ट्रिय पहिचानलाई अझ मजबुत बनाएको छ भने नेपाली पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ।

1

Scroll to Top