भरतपुरमा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालले चैत महिनामा खर्च सवा करोड भएको छ । अस्पतालको तर्फबाट कोरोना नियन्त्रण कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उत्त खर्चको विवरण सार्वजनिक गरेका हुन् । डा.अधिकारीबाट प्रस्तुत खर्च विवरण कार्यदलको आज सम्पन्न समीक्षात्मक बैठकले अनुमोदन गरेको छ ।


