July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

नेपाल हाइड्रो डेभलोपरको नाफा ६५ प्रतिशतले घट्योे

नेपाल हाइड्रो डेभलोपरको नाफा ६५ प्रतिशतले घट्योे

नेपाल हाइड्रो डेभलोपर लिमिटेड चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण  सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड २२ लाख नाफा कमाएमा चालू आव को सोही अवधीसम्ममा रू. १ करोड १२ लाख ६१ हजारमा सीमित भएको छ । नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६५ प्रतिशतले घटेको छ ।

कम्पनीले गत आव को ९ महिनामा विद्युत् विक्री बापत रू. ८ करोड ६९ लाख ७६ हजार आम्दानी गरेकोमा चालू आवमा उक्त आम्दानी रू. ६ करोड ३ लाख ७५ हजार आम्दानी गरेको छ । विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ३० प्रतिशतले घटेको हो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफामा कमिआएसँगै प्रतिशेयर आम्दानीमा पनि कमि आएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयरआम्दानी रू. १२.३९ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू ५.०२ मा सीमित भएको हो ।