July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

नबिल बैंकले राख्यो स्वावलम्बन लघुवित्तकोे संस्थापक सेयर लिलामीमा

नबिल बैंकले राख्यो स्वावलम्बन लघुवित्तकोे संस्थापक सेयर लिलामीमा

नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तकोे संस्थापक सेयर लिलामी खुल्ला गरेको छ । बैंकले स्वावलम्बनको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर आइतवारदेखि बिक्री खुल्ला गरेको हो । यसमा न्यूनतम ७५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । यसमा असार १५ गतेसम्म बोलपत्र पेश गर्न सकिने नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।