Banijya News

मापदण्ड पालना गरी चन्द्रागिरि केबलकार खोल्ने तयारी

1
1.1K Shares

चन्द्रागिरि हिल्स प्रालिले आवश्यक मापदण्ड तयार गरी केबलकार खोल्न तयार रहेको जनाएको छ । कोरोना त्राससँगै विगत तीन महिनादेखि बन्द चन्द्रागिरि केबलकारले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै होटल र केबलकार खोल्न तयार रहेको बताएको हो ।


चन्द्रगिरि हिल्सका संस्थापक अध्यक्ष एवं सञ्चालक हेमराज ढकालले सरकार र विश्व स्वास्थ्य संगठनको मापदन्ड पालना गरी पूर्ण स्वास्थ्य सतर्कतालाई अपनाइ आफूहरु चन्द्रागिरि केबलकार तथा होटल खोल्न तयार रहेको बताए । सुरक्षा मापदण्ड पालना गरी आफूहरुले ५० प्रतिशत क्षमतामा होटल खोल्नसक्ने उनको भनाई छ ।


आन्तरिक पर्यटन प्रद्र्धनका लागि विशेष प्याकेजसहित सञ्चालन गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

1

Scroll to Top