Banijya News

बृक्षारोपण गरेर रा.वा.बैंक कर्मचारी संघले मनायो ३१ औ वार्षिकोत्सब

1
1.1K Shares


राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कार्यक्रम विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सामाजिक दुरी कायम गरी यस वर्ष सरल रुपमा सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष श्री नारायणप्रसाद सुवेदी, संघका पूर्व अध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन गर्नुभएको थियो । संघको वािर्षकोत्सवको अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गर्नुभयो ।
त्यस्तै शाखा कार्यालय दरबारमार्ग परिसरमा संघका अध्यक्ष श्री हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दीनेश न्यौपानेले संयुक्त रुपमा वृक्षारोपण गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षारोपण गरिएको थियो भने बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको थियो ।

वार्षिकोत्सवको कार्यक्रममा सघंका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशी, उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, महासचिव लक्ष्मीप्रसाद पाण्डेय, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल लगायत संघका कार्यकारीणी, केन्द्रीय समिति, क्षेत्रीय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्धेश्यले २०४७ श्रावण ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन हो । श्रावण ६ गतेको दिन राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा ट्रेड युनियन आन्दोलनको विधिवत रुपमा शुरुवात भएको महत्वपूर्ण दिन हो ।

1

Scroll to Top