नेपाल फाइनान्सले आठ वर्षदेखि बाँकी रहेका सबै साधारणसभाहरु संयुक्तरुपमा असोज १० मा समपन्न गर्ने भएको छ । कम्पनीको आइतबार बसेको संचालक समिति बैठकले बाँकी रहेका सबै वर्षको साधारणसभा आगामी असोज १० मा केन्द्रीय कार्यालय कमलादीमा गर्नै निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०६८÷६९ देखि २०७५÷७६ सम्मको २० औंदेखि २७ औं वार्षिक साधारणसभा गर्न सकेको छैन । यस अगाडि नै भदौमा सधारणसभा गर्ने भनेकोमा कोरोना संक्रमणपछि निशेषज्ञा बढदै जाँदा पछिलाई सारिएको बैंठक असोज १० मा गर्ने भएको हो ।
उक्त दिन कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा हुने सभा बिहान ११ बजेदेखि सुरू गर्ने निर्णय सञ्चालक समिति बैठकले गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०६८÷६९ देखिको वार्षिक वित्तीय विवरण पारित गर्ने र लेखा परीक्षकको नियुक्ति अनुमोदन लगायतका प्रस्ताव सभामा लैजाँदै छ । कम्पनीले मर्जर तथा प्राप्तिका लागि आवश्यक प्रक्रिया बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गर्देछ ।


