०६ असोज, काठमाण्डौ ।
जीसीएस नेपालले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपांग दम्पतीलाई राहत प्रदान गरेको छ । नेपाल तेक्वान्दो संघका अध्यक्षसमेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपांग दम्पतीलाई राहत प्रदान गरेका हुन् ।
उनीहरूलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले थलीस्थित अपांग दम्पती बस्ने डेरामा पुगी ३० केजी चामल, नुन, तेल, दाल र चिनी समान २–२ केजी, सिलिन्डरसहितको ग्यास सोमबार हस्तान्तरण गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा राहत दिइएको थियो ।
कोरोना भाइरसका कारण पहिले गरिएको लकडाउन र पछिको निषेधाज्ञाका कारण समस्यामा परेका विभिन्न व्यक्ति गरी जम्मा ४ सय १० परिवारलाई राहत वितरण गरिसकिएको अध्यक्ष खड्काले जनाएका छन् ।


