काठमाण्डौ । माछापुच्छ्रे बैंकले बीसौं वार्षिकोत्सव मनाउँदै आफूलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छ । स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको अवस्थामा संचालक समिति र व्यवस्थापन टिमले आगामी दिनमा ग्राहकलाई स्तरीय डिजीटल सेवा प्रदान गर्ने जनाएको हो । बैंकले २० औं वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न ६ वटा स्मार्ट सेवा तथा योजनाहरु एकैसाथ संचालनमा ल्याएको छ । जसअन्तर्गत बैंकले नेपाली बैंकिङ उद्योगमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा संचालनमा ल्याएको छ ।
बैंकले ग्राहकहरुले क्युआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ ।
बैंकले आफ्नो नयाँ ‘स्मार्ट वेवसाईट’ पनि आजैबाट सुरुवात गरेको छ । ग्राहक महानुभावहरुले स्मार्ट वेवसाईट मार्फत ‘बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन’ दिन सक्ने व्यवस्था मिलाएको छ । माछापुच्छ्रे बैंके २० औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहक लक्षित विभिन्न २० २०(ट्वान्टी ट्वान्टी) अफरहरु पनि संचालनमा ल्याएको छ ।
२०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० (ट्वेन्टी–ट्वेन्टी) अफरहरु पनि संचालनमा ल्याएको छ । बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्रायोरिटी काउन्टर पनि संचालनमा ल्याउदैँ छ । त्यस्तैगरी बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।
स्थापनाको २१ वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखा रहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २९८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।


