चैत्र १८, काठमाडौं ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न स्थानमा राख्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालका स्वकिय सचिब भुबन खतिवडाका अनुसार कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजिक रहेका अस्पताल वा सुविधा सम्पन्न होटलमा बस्ने र खाने व्यवस्थाको तयारी गरेको हो । यो तयारीसँगै स्वाथ्यकर्मीले थप राहतको महशुस गर्ने छन् ।
सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन निःशुल्क बिमा, थप सुविधालगायतका निर्णय गरिसकेको छ ।


