धनुषा । प्रदेश नं २ सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गर्देछ । अधिल्ला बर्षको भन्दा भण्डै १० अर्व कमको बजेट ल्याउँने तयारी गरेको प्रदेश सरकारले आउने बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । त्यस्को लागि प्रदेश सरकारले सम्पूर्ण गृहकार्य सम्पन्न गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि करिब रु २९ अर्बको बजेट ल्याउने गरेको छ ।
गत आर्थिक वर्ष २०७६÷०७७ मा सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । जसमा चालूतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पूँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार छुट्याइएको थियो । तर यो बर्ष कोरोना संक्रमणका कारण परेको प्रभाबका कारण बजेट प्रभाबित भएको हो ।
सङ्घीय सरकारकोतर्फबाट समानीकरणतर्फ रु सात अर्ब दुई करोड, सशर्ततर्फ पाँच अर्ब ९४ करोड ३१ लाख, विशेष अनुदान ४१ करोड ५० लाख गरी १३ अर्ब ४० करोड ५९ लाख अनुदान प्राप्त हुने बताइएको छ । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यसका लागि कूल बजेटको १० प्रतिशत रकम विनियोजन गर्न लागिएको छ । चालू आर्थिक वर्षको पूँजीगत बजेटमा अहिलेसम्म करिब सात प्रतिशत बजेट मात्र खर्च भएको छ ।


