Banijya News

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना डिस्चार्ज

1
1.1K Shares

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका २१ जना, तनहुँका २ जना, स्याङ्जा र बाग्लुङका १-१ जना छन् ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका १२ पुरुष र २ महिला त्यसैगरी गैंडाकोट नगरपालिकाका ७ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको भएर नौ जना डिस्चार्ज भएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका ५ जना पुरुष तथा गोरखा नगरपालिकाका ३ जना पुरुष र एक जना महिला डिस्चार्ज भएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या १०१ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

1

Scroll to Top