Banijya News

पछिल्लो २४ घण्टामा देशभर २ जना संक्रमितको मृत्यु

1
1.1K Shares

काठमाडौं ः पछिल्लो २४ घण्टामा देशभर २ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो समय २ जना संक्रमितको मृत्यु भएको हो । सोमवार मात्र थप १६ जनाको मृत्यु भएको थियो ।


कोरोना भाइरस संक्रमणका कारणा नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४२९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५६ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय ५४ जनाको परीक्षण गर्दा एक हजार ३ सय ५६ मा संक्रमण भेटिएको हो ।
यो अवधिमा ८ सय २३ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म संक्रमित संख्या ६६ हजार ६ सय ३२ छ ।

1

Scroll to Top