Banijya News

अनशनरत अधिकारीको जीवन रक्षाको माग

1
1.1K Shares

काठमाडाैं– मानवअधिकारकर्मीले अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन्।
आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र सो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गङ्गामाया वीर अस्पतालमा अनशनरत छन्। उनको जीवन रक्षाको लागि मानवअधिकारवादीले बुधबार पत्रकार सम्मेलन गरी अपिल गरेका हुन्।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्रा डा कपिल श्रेष्ठले गङ्गामायाले देशमा न्यायका लागि शान्तिपूर्ण सङ्घर्ष गर्दा बेवास्ता हुने गरेको टिप्पणी गरे।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले अनशनरत गङ्गामाया लामो समयदेखि न्यायका लागि अनशन बस्दा पनि राज्यले बेवास्ता गरेको आरोप लगाए। अधिवक्ता दिनेश त्रिपाठीले गङ्गामायाको जीवन सङ्कटमा भएको बताए।

न्यायका लागि मानवअधिकार राष्ट्रिय सञ्जालको संयोजक तथा अधिवक्ता इन्दप्रसाद अर्यालले भने, ‘हत्यामा संलग्नलाई कारवाही हुनुपर्छ।’रासस

1

Scroll to Top