Banijya News

कुमारी बैंकद्वारा भवन शिलान्यासको लागि भूमिपूजन

1
1.1K Shares

२३ मंसिर, २०७६, काठमाण्डौ । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्सालस्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमिपूजन गरेको छ । उक्त भूमिपूजन कार्यक्रम बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाद्वारा वैदिक पूजा मार्फत सम्पन्न गरिएको हो ।
पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिति थियो ।
विगत १८ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारीले, आफ्ना देशभर रहेका एक सय १६ शाखा संजाल, एक सय १० एटीएम, पाँच वटा एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु पुर्याइरहेको र आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

1

Scroll to Top