Banijya News

काठमाडौं अदालतमा तारिख बुझेर फर्किए रवि लामिछाने

1
1.0K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नियमित तारिखका निम्ति काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । बुधबार (जेठ १३) तारिख बुझ्न उनी अदालत पुगेका हुन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनको आफूविरुद्धको विचाराधीन मुद्दामा तारिख बुझ्न उनी सहकर्मीसहित अदालतको फाँटमा पुगेका थिए । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा उनी यसअघि ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

उनको अर्को तारिख आउँदो असार ११ गतेका निम्ति तय भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।

1

Scroll to Top