Banijya News

एनआइसीे एशियाद्वारा एपीएफका खेलाडीले पाए नगद पुरस्कार

1
1.1K Shares

१० माघ, २०७६, काठमाडौं ।

एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए.पी.एफ.क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९,९५,००० बराबरको रकम प्रदान गरेको छ ।
सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा चेक एनआइसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका हुन् ।

1

Scroll to Top