बैशाख २५ गतेसम्म जारी लकडाउनलाई लम्ब्याएर जेठ ५ गतेसम्म पुर्याउने निर्णय गरेको सरकारले अर्थतन्त्रलाई भने माथि उठाउने रणनीति लिएको छ । आर्थिक क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउने र टाट पल्टिने लागेको अर्थतन्त्रलाई माथि उकास्ने निर्णय सरकारले गरेको छ ।
सरकारले शुक्रवार देखि लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्न भने दिने भएको छ । साथै विकास आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी र बालुवालगायत निर्माण सामाग्रीको ढुवानी गर्न दिने भनेको छ ।
औद्योगिक उत्पादनसम्बन्धीः
– चामल, दाल, तेल, चिउरा, चिनी, विस्कुट, पाउरोटी, पिठो, चाउचाउजस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी प्रशोधन, औषधी, स्वास्थ्य सामग्री, साबुन उत्पादन र सोको प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योगहरू।
– ग्याँस बोटलिङ्ग, घरेलु तथा साना उद्योगहरू, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगहरू र सिमेन्ट, डण्डीजस्ता निर्माणजन्य उद्योगहरू।
– बढीमा ५ जनासम्म कामदार रहने गरी सवारी साधनहरूको मर्मत गर्ने वर्कशप, इन्टरनेट जडान र मर्मत, प्लम्बिङ् तथा इलेक्ट्रिकल सेवा र पेट्रोल पम्प सञ्चालन ।
सार्वजनिक सेवासम्बन्धी :
– बैंक तथा वित्तीय संस्थाहरु बीमा, धितोपत्र, सरकारी संस्था
– अतिआवश्यक पर्ने सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थान
कृषि तथा पशुपंक्षीसम्बन्धी :
– खाद्य वस्तु र बाली लगाउने, पाकेको बाली भित्र्याउने कार्य
– पशुपंक्षीपालन, माछा, कुखुरापालन र बिक्रीविरतण
– फलफुल, तरकारी उत्पादन तथा बिक्रीविरतण
– दुग्धजन्य वस्तुको उत्पादन, सङ्कलन, भण्डारण र बिक्रीवितरण
– नर्सरीबाट बिरुवा उत्पादन, घाँस तथा दाना उत्पादन र बिक्रीविरतण
– कृषि बीउबिजन उत्पादन, भण्डारण र बिक्रीवितरण
स्वास्थ्यसम्बन्धी :
– सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरु अस्पताल
– नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, डायग्नेस्टिक सेन्टर
– सबैप्रकारका खोप, अक्सिजनको उत्पादन तथा बिक्रीवितरण
– औषधि पसल, आयुर्वेदिक र होमियोप्याथिक सञ्चालन, एग्रोभेट र भेटेनरी सञ्चालन
– जनक शिक्षासामाग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीवितरण गर्न अनुमति लिएका पुस्तक पसलहरु
राजमार्गका होटल र रेस्टुरेन्ट खोल्न दिने
सम्बन्धित रोजगारदाता, स्थानीय तह, सेवा प्रदायक, स्थानीय प्रशासनले आवागमन सहजीकरण गर्ने, सामाजिक दूरी कायम गराउने, अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, तापक्रम मापन गर्ने, स्यानिटाइजर र ग्लोब्सहरूको प्रयोग गर्ने, विद्युतीय माध्यमबाट भुक्तानी गर्ने । नगद कारोबार गर्दा खुद्रा पैसाको लेनदेन कम हुने गरी गर्ने। एक ठाउँमा पाँचजना भन्दा बढी व्यक्ति जम्मा नहुने व्यवस्था मिलाउने।
पूर्णरुपमा बन्द रहने स्थलहरु
– विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था,
– आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान
– केवलकार र रेलसेवा । – तालिम तथा प्रशिक्षण केन्द्र,
– गैरखाद्यवस्तु बिक्रीवितरण गर्ने व्यावसायिक मलहरु
– होटल, बार, रेस्टुरेन्ट, स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रङ्गशाला, जिम सेन्टर, ब्युटी पार्लर
उपत्यका प्रवेश गर्ने मालवाहक गाडीमा यात्रु राख्न नपाइने :
सरकारले काठमाण्डौ उपत्यका प्रवेश गर्ने मालवाहक सवारीमा यात्रु राख्न नपाउने निर्णय गरेको छ । प्रवेश बिन्दुमा त्यस्ता सवारी साधन चालकको नाम, सहयोगीको नाम, जन्म मिति, काठमाण्डाै प्रवेश गरेको मिति र फर्केको तथ्याङ्क राख्ने र फर्कँदा त्यही व्यक्तिहरु भए/नभएको जाँच गर्ने, झुटा विवरण दिइ यात्रा गरेको पाइएमा काननन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।
व्यवस्थापकीय कार्यसम्बन्धीः
सम्बन्धित रोजगारदाता, स्थानीय तह, सेवा प्रदायक, स्थानीय प्रशासनले आवागमन सहजीकरण गर्ने, सामाजिक दूरी कायम गराउने, अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, तापक्रम मापन गर्ने, स्यानिटाइजर र ग्लोब्सहरूको प्रयोग गर्ने, विद्युतीय माध्यमबाट भुक्तानी गर्ने । नगद कारोबार गर्दा खुद्रा पैसाको लेनदेन कम हुने गरी गर्ने। एक ठाउँमा पाँचजना भन्दा बढी व्यक्ति जम्मा नहुने व्यवस्था मिलाउने।


