Banijya News

प्रधानमन्त्रीको अनुपस्थितिमा असन्तुष्टि बढ्यो, हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

1
1.0K Shares

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित भएको विषयलाई लिएर संसद्मा विवाद सिर्जना भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङ ले प्रधानमन्त्रीको अनुपस्थितिप्रति कडा असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका छन्।

बैठकका क्रममा साम्पाङले आफूहरूले निरन्तर रूपमा प्रधानमन्त्रीसँग जवाफ मागिरहेको उल्लेख गर्दै सभामुख डोल प्रसाद अर्याल को ध्यानाकर्षण गराएका थिए। उनले संसद्मा उठेका गम्भीर विषयहरूमा प्रधानमन्त्री स्वयं उपस्थित भई जवाफ दिनुपर्ने माग दोहोर्‍याए।

यस विषयमा सभामुख अर्यालले अघिल्लो दिन पनि छलफल भएको जानकारी गराउँदै प्रक्रिया अनुसार काम भइरहेको बताएका थिए। तर साम्पाङले त्यसमा सन्तुष्टि जनाएनन्। उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको स्मरण गराए। सो व्यवस्था पालना नभएको भन्दै उनले आपत्ति जनाए।

साम्पाङले स्पष्ट रूपमा प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म बैठकको औचित्य नरहेको दाबी गरे। उनले प्रधानमन्त्रीलाई उपस्थित गराउन नसके आफूलाई नै बैठकबाट निष्कासन गर्न सभामुखसँग आग्रहसमेत गरे।

केहीबेर सभामुख र साम्पाङबीच सवालजवाफ चले पनि सहमति नजुटेपछि उनले विरोधस्वरूप बैठक कक्ष छोडेका थिए। उनको यो कदमले संसद्मा उत्तरदायित्व र जवाफदेहिताको विषयलाई पुनः चर्चामा ल्याएको छ। सा

1

Scroll to Top