चीनको कान्सु प्रान्तको सदरमुकाम लान्चौबाट मे २३ मा नेपालका लागि कार्गो रेल सेवा सुरु भएको छ । यो ३९० टन सामान बोकेको कार्गो रेलका कन्टेनरलाई तिब्बतको शिगाचे पुगेपछि इन्टरमोडल ट्रान्सपोर्ट तरिकाबाट सडकको माध्यमबाट ढुवानी गरिनेछ। जुन दस दिनभित्र काठमाडौँ पुग्नेछ।
सो रेल पाइप, कपडा, जुत्ता, प्रिन्टरसहितका सामान तथा निर्माण सामग्रीले भरिएका छन्। उक्त रेलमा रहेका सामान तिब्बतको सिगात्सेसम्म रेलमा आउनेछ भने त्यसपछि ट्रकमा हालेर काठमाडौंसम्म ल्याइनेछ ।
कान्सुको लान्चौबाट सर्वप्रथम सन् २०१६ मैमा पहिलो पटक काठमाण्डुका लागि रेल छुटेको थियो। यहाँबाट निरन्तर रूपमा सञ्चालन भए तापनि पछि अनियमित भएको थियो।


