Banijya News

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण सहयोग गर्ने

1
1.0K Shares

  २१ जेठ, काठमाडौं ।

विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । कोभिड १९ विरुद्ध लड्न र विद्युत क्षेत्रको  सुधारका लागि विश्व बैंकले ऋण दिन लागेको हो ।

बैंकको बोर्ड बैठकले नेपाललाई डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत ऋण दिन लागेको जनाएको छ । 

विश्व बैंकले विगत तीन वर्षदेखि  नेपालले विद्यूत उत्पादन र गुणस्तर सुधारमा ठूलो फड्को मारेको  तर कोरोनाका कारण मुलुकको विद्युतको मागमा असर पारिरहेको जनाएको छ ।  

1

Scroll to Top