Banijya News

कुमारी र देवः विकास बैंकको संयुक्त कारोबार आइतबार देखि सुरु

1
1.0K Shares

असार २८, काठमाडौं ।
कुमारी र देव विकास बैंकको संयुक्त कारोबार आईतबार अर्थात असार २८ गते देखि सुरु भएको छ । दुवै बैंकको जेठ १९ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुवै अब कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
दुबै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिएका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।
यसर्थ देव विकास बंैकको १०० सय कित्ता सेयर हुनेले अब कुमारीको नाममा ८६ कित्ता सेयर पाउनेछन् । देवःलाई प्राप्ति गरेसँगै कुमारीको चुक्ता पुँजी साढे १२ अर्ब भन्दा बढी हुनेछ । निक्षेप संकलन १२० अर्ब नाघ्नेछ भने कर्जा लगानी १०५ अर्ब भन्दा बढी हुने भएको छ ।

1

Scroll to Top