Banijya News

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

1
1.0K Shares

बाँकेमा एक महिनामा ३६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बैंकिङ कसुरका १९, ठगीका १४, सहकारी रकम हिनामिनाको एक र नेपाल राष्ट्र बैंकअन्तर्गतका कसुरका दुई मुद्दा छन्।

अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ १४४ मुद्दा दर्ता भएकामा नौवटा जघन्य तथा गम्भीर अपराध, ८४ सामान्य अपराध र १५ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी छन्। प्रहरीले चालु मुद्दाका १२६ प्रतिवादी पक्राउ गरेको छ भने फैसला कार्यान्वयनका लागि ८० जनालाई पक्राउ गरेको जनाएको छ।

महिला, बालबालिकासम्बन्धी १०५ उजुरी परेकामा १०३ वटा फछ्र्योट भएका छन्। घरेलु हिंसाका ६३ मुद्दामध्ये ६१ वटा मिलापत्र गरिएको छ।

एक महिनामा जिल्लामा ८४ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा तीन जनाको मृत्यु, २३ जना गम्भीर र ११९ जना सामान्य घाइते भएका छन्।

राजस्व चुहावट तथा भन्सार छलीतर्फ २१ लाख १४ हजार ७०७ रुपैयाँ बराबरको रकम, दुई व्यक्ति र पाँच सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ।

1

Scroll to Top