Banijya News

उपभोक्तालाई ठगेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारबाही

1
1.1K Shares

चितवनमा उपभोक्तालाई ठगेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ। ती संस्थालाई उपभोक्ता ठगी गरेको अभियोगमा ५० हजार जरिवानासहित कारबाही गरिएको हो।

वाणिज्य कार्यालय वीरगन्ज, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शुक्रबार भरतपुर महानगरपालिकाभित्रका बजार अनुगमन गर्दा मूल्य सूची नराखिएको तथा खरिद र बिक्रि बिल उपलब्ध गराउन नसकेपछि कारबाही गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कारबाहीमा पर्नेमा नारायणगढको निर्जला स्टोर्सका अखण्ड श्रेष्ठ, सुनिता खाद्य उद्योगका नर्वो तामाङ, जय श्री वालाजी ट्रेडसका मनोजकुमार अग्रवाल, शुलभ खाद्य भण्डारका विष्णुप्रसाद पौडेल र शुभम फ्रुट ट्रेडर्सका सन्तोष बजाज छन्।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम उनीहरूलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको शर्माले जानकारी दिए।
शर्माका अनुसार सात दिनभित्र जरिवाना रकम बैंक दाखिल गरी भौचर प्रशासनमा बुझाउन उनीहरूलाई निर्देशन दिइएको छ। रासस

1

Scroll to Top