२५ कार्तिक, काठमाण्डौ ।
केही दिनदेखि लगातार बढीरहेको सुनको मूल्य आज एकै दिन ह्वात्तै घटेको छ । सुनको भाउ आज तोलामै ३ हजार ४०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। यो बढोत्तरीसँगै हिजो भने छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँ, तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


