Banijya News

राष्ट्रिय वाणिज्य बैंकले पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा प्रवाह गर्ने

1
1.1K Shares

२५ कार्तिक, काठमाण्डौ ।


राष्ट्रिय वाणिज्य बैंकले पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा प्रवाह गर्ने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर गरेका छन् ।


उक्त सम्झौता अनुसार नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिश गर्नेछ । बैंकले सिफारिश भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम दश लाख रुपैंयासम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्नेछ ।

बैंकको हाल ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

1

Scroll to Top