Banijya News

टिच फर नेपाललाई ग्लोबल आईएमई बैँकको आर्थिक सहयोग

1
1.1K Shares

२६ कार्तिक, काठमाण्डौ ।


ग्लोबल आइएमई बैंकले टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई आर्थिक सहयोग गरेको छ । बैँकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहयोग सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
आयोजित कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी गराइन्
त्यस्तै, टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरीन् ।

1

Scroll to Top