Banijya News

प्राधिकरणको कामु कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

1
1.3K Shares

कात्तिक २६, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । बुधबार ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले उनलाइ कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

विद्युत् प्राधिकरण अन्तर्गतकै इन्जिनियरिङ कम्पनीमा प्रबन्ध निर्देशक रहेका शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् । शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ ।

शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने उद्देश्यले प्राधिकरणमा तानिएको मन्त्रालय स्रोतले जनाएको छ । गएको भदौ २९ गते कुलमान घिसिङ बाहिरिएसँगै प्राधिकरण कार्यकारी निर्देशकविहीन भएको थियो ।

1

Scroll to Top