१५ मंसिर, काठमाण्डौ ।
निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेस अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । वल्र्डलिंकले नेपालका विभिन्न भागहरुलगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याए वापत डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको हो ।
यो सँगै हालसम्म यो पुरस्कार पाउने वल्र्डलिंक नेपालको पहिलो कम्पनी बनेको छ ।
पुरस्कार जितेपछि वल्र्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले डिजिटल नेपाल निर्माण गर्ने प्रयासलाई यो एउटा ठूलो सम्मान भएको बताए । उनले भने ‘हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्म लाई सक्षम बनाउदैछौं ।’
१९ नोभेम्बर २०२० तारिख का दिन वल्र्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) द्वारा मलेशियाको पेनाङ्गमा आयोजित समारोहमा वल्र्डलिंकले सो पुरस्कार जितेको हो । सन १९७८ मा स्थापित, वल्र्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो, जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध छन् ।


