२६ मंसिर,काठमाण्डौ ।
एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौँलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग स्वरुप २ लाख ५० हजारको चेक जोन्टा क्लब काठमाडौँलाई हस्तान्तरण गरेको हो ।
बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के. नेगीले जोन्टा क्लब काठमाडौँकी अध्यक्ष सीमा गोल्छालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप कोरोना महामारीमा मुख्यरुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्देश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।


