२५ मंसिर,काठमाण्डौ ।
‘मेरो सेयर’ एपमा पनि अब आस्वा सुविधा पनि उपलब्ध हुने भएको छ । उक्त एप सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले करिब ६ महिनाअघि सार्वजनिक गरेको थियो ।
यसअघि ‘मेरो सेयर’ एपमा आस्वा सेवा उपलब्ध थिएन। अब मंसिर अन्तिमदेखि ‘मेरो सेयर’ एपमा समेत आस्वा सुविधा दिइने सीडीएससीले जनाएको छ।
आगामी मंसिर २९ गतेबाट निष्कासन हुने प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आवेदनबाटै ‘मेरो सेयर’ एपमा आस्वा सुविधासमेत प्रदान गरिने सीडीएससीले जनाएको छ ।
‘मेरो सेयर’ एप हाल फिडब्याक लिनका लागिमात्र एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्लेस्टोरमा राखिएको सीडीएससीले जनाएको छ। हाल प्लेस्टोरमा रहेको ‘मेरो सेयर’ एपबाट सामान्य सेयरको विवरण हेर्न, पोर्टफोलियो हेर्न, ईडीआईएस र भारित औसत लागत गणना गर्ने सुविधाहरु प्रयोग गर्न सकिन्छ ।


