Banijya News

आरएसडिसी लघुवित्तले १२.६३% लाभांश दिने, एजीएम पुस २४ गते

1
1.1K Shares

२८ मंसिर, काठमाण्डौ ।


आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारण सभा(एजीएम) पुस २४ गते डाकेको छ । साधारण सभाले १२ दशमलव ६३ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।


कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६७ करोड १५ लाख २२ हजारको आधारमा ९ प्रतिशत बोनस शेयर र ३ दशमलव ६३ प्रतिशत लाभांशसहित विविध प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।


साधारण सभा प्रयोजनका लागि पुस १० गते बुक क्लोज गर्ने निर्णय गरिएको कम्पनिले जनाएको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि योग्य हुने छन् ।

1

Scroll to Top