Banijya News

सिनर्जी पावरले ५% लाभांंश दिने, साधारण सभा पौष २२ मा आह्वान

1
1.1K Shares

०१ पौष, काठमाण्डौँ ।


सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ५ प्रतिशत लाभांंश घोषणासंगै साधारण सभा आह्वान गरेको छ । सिनर्जीले पौष २२ गतेलाई साधारण सभा आह्वान गरेको हो ।


मंसिर ३० गते बसेको कम्पनी सञ्चालक समितिका बैठकले शेयरधनीलाई ५ प्रतिशत लाभांश ( ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद ) वितरण गर्ने निर्णय गरेको जनाएको छ ।


सिनर्जीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १२ गतेदेखि बुकक्लोज मिति तोकेको छ । यसअनुसार पुस ९ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

1

Scroll to Top