Banijya News

इ–सेवा र भाइबरबीच वित्तीय सेवाहरू प्रदान गर्ने सम्बन्धि साझेदारी

1
1.0K Shares

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबर बीच साझेदारी भएको छ । नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको हो।


सम्झौता अनुसार इ–सेवा अकाउन्ट भएका ग्राहकले भाइबर अकाउन्ट लिंक गरेर पैसा पठाउन वा टपअप गर्न सकिनेछ । भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनतम १० प्रतिशत वा अधिकतम सय रूपैयाँसम्म क्यास ब्याक पाउँनेछन्।


म्यासेजिङ एप भाइबर र मोबाइल वालेट इसेवाले इ–सेवा भएको अकाउन्ट एक पटक भाइबरमा लिंक गरेपछि कसैलाई पैसा पठाउन वा मोबाइल रिचार्ज गर्न सकिने इ–सेवाका रोशन लामिछानेले बताए ।


भाइबरका तर्फबाट ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले एसिया प्यासेफिक रिजनमा इसेवासँग पहिलो सम्झौता भएको बताइन् । उनले नेपालमा इसेवासँग सहकार्य गरेर यो सेवा दिन सकिएकोमा उत्साहित भएको बताइन् ।

1

Scroll to Top