Banijya News

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा बोगटी विजयी

1
1.0K Shares

डाेटी। नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा शंकर बोगटी विजयी भएका छन्।

शनिबार डोटीको दिपायलस्थित सेती प्रादेशिक प्राविधिक शिक्षालयमा महासंघको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन भएको उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार उपाध्यक्षमा कैलाली टीकापुरका रामबहादुर भण्डारी पनि सर्वसम्मत चयन भएका छन्।

एशोसिएट उपाध्यक्षमा कैलालीकै अनिलकुमार भुजनिया र कोषाध्यक्षमा बझाङका दानकुमार शर्मेली विजयी भएका छन्। रासस

1

Scroll to Top