Banijya News

चन्दागिरीको आईपीओ निष्कासनको अन्तिम तयारी

1
1.1K Shares

काठमाडौं –

चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने अन्तिम तयारी गरेको छ । पुस २४ गते हुने आईपीओ निष्कासनको तयारी गरेको हिल्सले प्रति कित्ता एक सय रुपैयाँको दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन गर्दे छ ।


शेयर निष्काशन र प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले ४ प्रतिशत वा ६१ हजार ३६४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत वा ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि र बाकी भएको १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणहरुको लागि बिक्रि गरिने जनाएको छ । लगानी गर्न इच्छुक व्यक्तिहरुले १० कित्तादेखि धेरै १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउने कम्पनीले बताएको छ । आईपीओमा पुस २४ बाट २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

1

Scroll to Top