काठमाडौं। स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ। एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा कमल देवकोटा, सचिव कमल पराजुली, कोषाध्यक्ष सुरेश बज्राचार्य, महिला संयोजक रोजिना श्रेष्ठ, युवा संयोजक सुरेन्द्र रानामगर, सदस्यमा रितेश श्रेष्ठ, दुर्गादत्त पराजुली, छवि श्रेष्ठ, निराजन लुइँटेल, झरना कार्की, राजकुमार क्षेत्री, वीरबहादुर खत्री, नवराज पाण्डे र प्रवीण सुवेदी रहेका छन्।
गैरआवासीय नेपाली संघ स्पेनको निर्णयानुसार त्यस क्षेत्रमा क्षेत्रीय समिति गठनका लागि सिफारिसका आधारमा समितिलाई स्वीकृत गरिएको गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष दिनेश गुरुङले बताए।
क्षेत्रीय समिति गठनका लागि स्पेनका क्षेत्रीय उपाध्यक्ष तुल्सीबहादुर गुरुङ र एनआरएनए संस्थापक आइसिसी वीरेन्द्र श्रेष्ठलाई संघले जिम्मेवारी दिएको थियो । उहाँहरूले क्षेत्रीय समिति गठनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष गुरुङले धन्यवाद दिए।


